

काठमाडौं,१० भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण भन्सार जाँचपासका लागि पार्किङ गरी राखिएका करिब ५०० वटा नयाँ सवारीसाधन बगेको प्रारम्भिक अनुमान गरिएको छ।
Advertisement

Advertisement
Advertisement
भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार बाढीले भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
‘बाढीले भन्सार क्षेत्रमा ठुलो क्षति पुर्याएको छ, अधिकांश संरचना तथा सामानहरु छैनन्’,उनले भने, ‘जाँचपासका लागि राखिएका करिब ५०० गाडी बाढीले बगाएको अनुमान छ ।’
भन्सार कार्यालयमा कार्यरत धेरै कर्मचारीहरु सम्पर्कविहीन रहेको उनले बताए । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ।





