

काठमाडौं,११ भदौ। विपद्को संवेदनशील समयमा राहत तथा सहयोगका नाममा सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति नेपाल प्रहरीले नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाममा व्यक्तिगत बैंक खाता तथा ई–वालेटमा रकम माग्ने, फर्जी क्यूआर कोड, नक्कली राहत अभियानका पेज तथा समूह सञ्चालन गर्ने र फोनमार्फत बैंकिङ विवरण माग्ने जस्ता स्क्याम हुन सक्नेछन्।
Advertisement

Advertisement
Advertisement
यस्तै, फिसिङ लिंकमार्फत ओटीपी तथा पासवर्ड चोरी गर्ने वा अपरिचित नम्बरबाट आर्थिक सहयोग माग्ने गतिविधिप्रति समेत सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट पुष्टि गर्न र अपरिचित क्यूआर कोड, लिंक तथा खाता नम्बरमा रकम नपठाउन प्रहरीले आग्रह गरेको छ। बैंकिङ विवरण, पिन वा ओटीपी कसैलाई नदिन तथा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरी वा साइबर ब्युरोलाई जानकारी गराउन पनि भनिएको छ।





