Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै आईजीपी कार्कीले भने–उद्धार र खोजीमा कुनै कसर बाँकी नराख्नू
    प्रमुख समाचार

    बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै आईजीपी कार्कीले भने–उद्धार र खोजीमा कुनै कसर बाँकी नराख्नू

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १९, शुक्रबार २३:५४ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१९ भदौ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवालगायत जिल्लाको शुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गरेका छन्।

    अनुगमनका क्रममा आईजीपी कार्कीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले गरिरहेको उद्धार तथा खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरणलगायतका कामबारे जानकारी लिएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग पनि छलफल गरेका थिए । छलफलमा प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणलाई प्रभावकारी बनाउने र समग्र विपद् व्यवस्थापनलाई व्यवस्थित तथा पारदर्शी रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो ।

    बाढी प्रभावित क्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आईजीपी कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

    उद्धार तथा खोजी कार्यमा आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको उच्चतम प्रयोग गर्दै कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिए ।

    आईजीपी कार्कीले बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार र हिंसाका घटनाप्रति थप संवेदनशील हुन प्रहरीलाई निर्देशन दिए । विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।

    त्यस्तै, स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरणलाई पारदर्शी बनाउन सक्रिय भएर काम गर्न उनले प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

    स्थलगत अनुगमनमा आईजीपी कार्कीसँगै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरू सहभागी थिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    दानबहादुर कार्की नेपाल प्रहरी भोटेकोशी बाढी रसुवा बाढी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    २०८३ आश्विन ३०, शुक्रबार १२:३० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.