


नेपालगञ्ज, ४असोज। प्रहरीले बाँकेको नेपालगञ्जबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी श्रीमती २५ वर्षीया पुजा लोनिया रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको टोलीलले खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइनसहित नेपालगञ्ज उपमहानगरपालिका–२ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

दुई थान मोबाइल र मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ।

