

काठमाडौं,१६ असोज । ओमानमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ को आगामी शृंखलाका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्।
घोषित टोलीमा ओपनर ब्याटर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामी भने समावेश छैनन्। यसैबीच नन्दन यादवले एकदिवसीय टोलीमा पुनरागमन गरेका छन्। साहब आलम र शेर मल्लले टोलीमा स्थान बनाएका छन्।

लिग–२ अन्तर्गतको उक्त शृंखला असोज २१ देखि ओमानमा सुरु हुनेछ।
यस्तो छ १५ सदस्यीय टिम
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख , दिपेन्द्र सिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, वसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल।



