

काठमाडौं,१८ असोज। नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा सुरु गरेकी बस्नेतले आफ्नो अनुभव र संगठनात्मक भूमिकालाई केन्द्रीय तहमा थप प्रभावकारी रुपमा अघि बढाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेकी हुन्।
Advertisement

Advertisement
Advertisement
बस्नेत पशुपति क्याम्पसकी पूर्व स्ववियु उपसभापति तथा नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइकी पूर्व अध्यक्ष हुन्। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उनले संगठन निर्माण र नेतृत्वको अनुभव हासिल गरेकी छन्।
शैक्षिक रुपमा राजनीतिशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर गरेकी बस्नेतले कानुनमा स्नातक (बीए एलएलबी) समेत गरेकी छन्। उनी बागमती प्रदेश योजना आयोगकी पूर्व सदस्य पनि हुन्।
पार्टी राजनीतिमा सक्रिय बस्नेतले विभिन्न जिम्मेवारीमा रहेर हासिल गरेको राजनीतिक तथा संगठनात्मक अनुभवलाई अब कांग्रेसको केन्द्रीय तहमा उपयोग गर्ने बताएकी छन्।
कांग्रेसभित्र युवा पुस्तासँग पनि सक्रिय रुपमा जोडिएकी बस्नेतले पार्टी संगठनलाई थप प्रभावकारी बनाउने तथा आफ्नो राजनीतिक अनुभवलाई व्यापक रुपमा उपयोग गर्ने उद्देश्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेकी हुन्।



