

भैरहवा,१८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भैरहवा (बेलहिया) का २६ वर्षीय ओजश शर्माले केन्द्रीय सदस्य पद (युवातर्फ) मा उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेसको राजनीति र विचारसँग नजिक रहेका शर्मा १८ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय छन्। नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका उनले सिद्धार्थनगर सचिव हुँदै जिल्ला सह–सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
Advertisement

Advertisement
Advertisement
कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत रुपन्देहीको क्षेत्र नम्बर ३ को निर्वाचनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएका थिए।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय शर्मा भैरहवाका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन्। उनले भारतको दिल्ली–नोएडास्थित एमिटी विश्वविद्यालयबाट बीबीए अध्ययन पूरा गरेका छन्।
युवा उमेरमै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेका शर्माले आफ्नो राजनीतिक तथा संगठनात्मक अनुभवलाई आगामी दिनमा पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी अघि बढाएका हुन्।



