
परासी, २३ पुस । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली गरी भित्राइएको औषधी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–४ का विवेक पोख्रेल र बागलुङ बडिगाड गाउँपालिका–५ का अभिषेक खरेल रहेका छन् ।
जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ मा प्रदेश नम्बर ३, ०१—००२ च ८९९६ नम्बरको कार चेकजाँच गर्ने क्रममा भन्सार छली गरी भित्राइएको २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सर्जिकल सामग्री र औषधी बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।
Advertisement

Advertisement
Advertisement

बरामद भएको औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

