
काठमाडौं, ३ माघ ।
नेपाली काँग्रेसले माघ ७ गते देखि ‘समुदायमा कांग्रेस’ अभियान चलाउने भएको छ । जसमा जिल्लामा सहभागी हुने केन्द्रिय नेताहरुलाई पार्टीले अभिमुखीकरण गरिने जनाएको छ । उक्त अभियान देशभर माघ २२ गतेसम्म चल्नेछ ।
जिल्ला जाने नेताहरुले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् । पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरुको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको छ । जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिनिधि खटिने नेताहरुले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने छन् । अभिमुखीकरण कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसोका लागि राखिएको छ ।
साउनमा बसेको केन्द्रीय समितिले गरेको निर्णय अनुसार दोस्रो चरणको अभियान गर्न लागिएको हो । पार्टीले दोस्रो चरणको अभियानमा ‘समुदायमा कांग्रेस’ निर्धारण गरेको थियो । एक महिनाका लागि पूर्व घोषित अभियानको अवधि घटाएर १५ दिन बनाइएको छ ।

