
बुटवल, ३ माघ ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिको बुधबार बुटवलमा बसेको कार्यसमिति बैठकले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ सहितका विभिन्न निर्णय गरेको हो ।
Advertisement

Advertisement
Advertisement

क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा बसेको बैठकले प्रजातन्त्रबादी चिन्तन बोकेका भिन्नभिन्न तह र तप्का, पेशा, बर्ग र क्षेत्रका नागरिकसंग संवाद कार्यक्रम तय गरेको हो ।काँग्रेस सम्वाद नामाकरण गरिएको उक्त कार्यक्रम श्रृङ्खलावद्ध रुपमा सञ्चालन गर्ने र पहिलो चरणको लागि तीन महिने तालिका पारित गरिएको क्षेत्रीय सचिव विमलराज भट्टराईले जानकारी दिए ।
काँग्रेस सम्बाद कार्यक्रम माघको २० गतेदेखि शुरु हुनेछ । पहिलो सम्वाद निर्वाचन क्षेत्र भित्रका संस्थागत बिद्यालय तथा कलेजमा प्राध्यापन गराउने शिक्षक र प्राध्यापकका बिच हुने सहसचिव मिलन थापाले बताए ।उक्त कार्यक्रम सम्पन्न गर्न क्षेत्रीय सदस्य दीपक रायमाझी संयोजक र कृष्ण चौहान क्षेत्रीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसपश्चात फागुन १९ गते सरकारी सेवाबाट निबृत्त कर्मचारी संग सम्वाद गरिने छ । चैत्र ३ गते निजी स्तरका बित्तीय संस्थाका कर्मचारीसंग र चैत्र १७ गते लेखक, साहित्यकार र श्रष्ठाहरुसंग काँग्रेस सम्वाद गरिने सहसचिव संगिता अर्याल गौतमले बताइन्।पार्टी भित्र र पार्टी बाहिर रहेका सबै तह र तप्काका आवाजलाई मुखरित गर्दै पार्टी भित्र सबैको अपनत्व, सामुहिक एकता र सांगठनिक दृष्टिकोण निर्माण गर्न सम्वाद उपयुक्त हुने भएकाले कार्यक्रम तय गरिएको उपसभापति खड्कबहादुर महतले बताए ।
बैठकमा प्रदेश २ (क) का उपसभापति चिन्तामणी भुसाल, कोषाध्यक्ष हिमाल गैरे, सदस्यहरु टेकबहादुर रेश्मी, कर्णबहादुर टण्डन, अनिता खत्री, अदिल खान, पुरन शाही, मिना जिसी, सुवास रायमाझी, बिबेश पुरी लागायतले बोलेका थिए ।

