
भैरहवा,६ माघ । भारतको अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा समारोह नजिकिएसँगै श्रद्धालु र निम्तालुहरु नेपालबाट भारत जान सुरु गरेका छन् ।
समारोहमा सहभागीताका लागि नेपालका विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई पनि निमन्त्रणा पठाईएको छ । जसअनुसार निमन्त्रणा प्राप्त गरेका धार्मिक गुरुहरु देखि लिएर ‘हाई प्रोफाईल’ व्यक्तिहरु अयोध्या जाने क्रम सुरु भएको छ । अयोध्यामा माघ ८ गते सोमबार प्राण प्रतिष्ठाको कार्यक्रम तय गरिएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

समारोह समितिको निम्तोमा समारोहमा सहभागी हुनका लागि शनिवार दिउँसो पशुपतिनाथ मन्दिरको मुलपुजारी गणेश भट्ट पनि रुपन्देहीको बेलहिया नाका हुँदै गाडीबाट अयोध्या तर्फ लागेको बुझिएको छ ।
यस्तै पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र पूर्वआईजिपी अच्यूतकृष्ण खरेल पनि शनिवार दिउँसो छुट्टाछुट्टै दुई वटा गाडीमा बेलिहया नाका हुँदै भारत गएको बताईएको छ ।

