Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगर–२ प्रथम वडा कप क्रिकेटको उपाधि मेउडिहवा सुपर किंग्सलाई
    खेलकुद

    सिद्धार्थनगर–२ प्रथम वडा कप क्रिकेटको उपाधि मेउडिहवा सुपर किंग्सलाई

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ २०, शनिबार १७:३९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २० माघ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ कार्यालय, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रथम वडा कप टेनिसबल क्रिकेट प्रतियोगिता–२०८० को उपाधि मेउडिहवा सुपर किंग्सले जितेको छ ।

    सिद्धार्थनगर–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगिता अन्तर्गत फाइनल खेलमा झण्डीबजार सुपर किंग्सलाई ६ रनले पराजित गर्दै मेउडिहवा सुपर किंग्सले उपाधि जितेको हो । 

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    विजेता मेउडिहवा सुपर किंग्स टीमले नगद रु. ११ हजारसहित ट्रफी तथा उपविजेता झण्डीबजार सुपर किंग्सले नगद रु. ८ हजारसहित ट्रफी पाएको सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । उनले प्रथम वडा कप क्रिकेट प्रतियोगितामा खेलाडीहरुको उत्साहजनक सहभागीता रहेको बताए ।

    फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको मेउडिहवा सुपर किंग्सले निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनायो । उसका लागि खेमराज गुरुङले ५३ र उमेश कोहारले १३ रनको योगदान गरे ।बलिङमा झण्डीबजारका राहुल थापा र समित बासफोरले समान २/२ विकेट लिए ।
    जवाफमा झण्डीबजार सुपर किंग्सले १२ ओभरमा ६ विकेटको क्षतिमा १०१ रन बनायो । उसका लागि राहुल थापाले ५७ रनको योगदान गरे ।

    बलिङमा मेउडिहवा सुपर किंग्सका शिवशंकर गुप्ताले २, विजय धरिकार, अजय प्रजापति, विजय प्रजापति र अनिल कुमार यादवले समान १/१ विकेट दिए । प्रतियोगिता अन्तर्गत फाइनल खेलको म्यान अफ द म्याच मेउडिहवा सुपर किंग्सका खेमराज गुरुङ म्यान अफ द म्याच घोषित भए ।

    त्यस्तै रोयल मेउडिहवाका बेष्ट ब्याटर सन्देश शाक्य, बेष्ट बलर तथा उत्कृष्ट खेलाडी सोही टीमका विजय धरिकार र बेष्ट किपर झण्डीबजार सुपर किंग्सका अभय थापा घोषित भए ।

    प्रतियोगिताको विजेता, उपविजेता, म्यान अफ द म्याच, बेष्ट बलर, उत्कृष्ट खेलाडी तथा बेष्ट किपरलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ३ का अध्यक्ष नारायण प्रसाद उपाध्याय, ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, १ का अध्यक्ष उज्जवल पोखरेल, ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला) लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रतियोगितामा सहभागी सम्पूर्ण टीमका खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले प्रतियोगितामा खेलाडीहरुको क्रिकेटप्रति निकै नै राम्रो लगाव रहेको आफूले पाएको बताए । उनले सिद्धार्थनगरले धेरै क्रिकेट खेलाडीहरु पाएको बताए ।

    त्यस्तै सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले सिद्धार्थनगरमा वडाहरुले खेलकुदलाई महत्व दिएको बताए ।

    प्रतियोगितामा झण्डीबजार सुपर किंग्स, रोयल मेउडिहवा चोक, रोयल फूलपुर र मेउडिहवा सुपर किंग्स गरी ४ वटा टीमको सहभागीता रहेको प्रतियोगिताका संयोजक तथा सिद्धार्थनगर–२ का वडा सदस्य राजकुमार यादवले बताए । प्रतियोगिता अन्तर्गत तीनवटा खेल भएका थिए ।

    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडा कार्यालयले खेलकुदको विकासका लागि क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले सरकारले खेलकुदको विकासमा ध्यान दिएको बताए । उनले क्रिकेटको माध्यमबाट खेलाडीलाई विश्वमै चिनाउन सफल भएको बताए ।

    नगर उपप्रमुख उमा अधिकारीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुर्याउने बताइन् । सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले वडा कपले विभिन्न टोलका खेलाडीबीच सम्बन्ध मजुबत बनाउने बताए ।

    सिद्धार्थनगर नगरपालिका–२ का वडा सदस्य दिपेश प्रताप शाहीको स्वागत तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) र सिद्धार्थनगर–२ का युवा श्याम कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट वडा कप सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.