


काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरीका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुको (डीआईजी) काज सरुवा गरेका छन् ।
डीआईजी गणेशबहादुर ठाडामगरलाई नम्बर–३ गढीमाई मुख्यालय मकवानपुरमा सरुवा गरिएको छ भने नम्बर–६ बाहिनी सुर्खेतमा डीआईजी दुर्गाप्रसाद भट्टराईलाई पठाइएको छ ।

त्यस्तै डीआईजी लक्ष्मणबहादुर सिंहलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग र डीआईजी प्रदीपकुमार पाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुस्

