
काठमाडौं । नेपालविरुद्ध क्यानडाले २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

क्यानडाका लागि ओपनर आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए। उनले १० चौका र २ छक्का प्रहार गरेका थिए। त्यसैगरी अर्का ओपनर नवनीत धालीवालले ४६ रन बनाए भने परगत सिंहले ३८ रन, श्रेयस मोब्बाले ४० रनको योगदान गरे। सोमपाल कामीको अन्तिम बलमा मोब्बा भीम सार्कीबाट आउट भएका हुन्।
नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २२ विकेट लिए। सिनियर टोलीबाट डेब्यु गरेका आकाश चन्द, सूर्य तामाङ, पवन सर्राफ ले १र१ विकेट लिए। अन्तिम बलमा सोमपाल कामीले पनि थप एक विकेट लिन सफल भए। आजको खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेको थियो।

