
भैरहवा । प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडित शेयरधनी र बचतकर्ताहरुलाई जाहेरी दरखास्त/उजुरी निवेदन दिन आग्रह गरेको छ ।
रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलले आइतबार एक सूचना जारी गर्दै संस्थाका शेयरधनी र बचतकर्ताहरुले सहकारीमा रकम जम्मा गरेको प्रमाणसहित कार्यालयमा जाहेरी दरखास्त/उजुरी निवेदन दिन आग्रह गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई पक्राउ गरेपछि सार्वजनिक सूचना मार्फत सहकारीका सदस्य र बचतकर्ता पीडितहरुलाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित उजुरी दिन आह्वान गरेको हो ।

सहकारीका पदाधिकारीहरुले सहकारीमा शेयरधनी र बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना अपचलन गरी ठगी गरेको भन्ने सम्बन्धमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाएको छ ।

