


कपिलवस्तु : कपिलवस्तुमा एक युवकको शव फेला परेको छ । कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँदेखि दक्षिण तर्फको नहरको कुलोमा युवकको शव फेला परेको हो ।
शवको टाउको नरहेको (काटिएको) र शरीर कुलोमा खाल्टो खनेर गाडिएको अवस्थामा फेला परेको कपिलवस्तु प्रहरीका डिएसपी हरिबहादुर वलीले बताए।

उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन। पोष्टमार्टमका लागि शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ ।
हत्या अन्य स्थानमा गरेर बरामद स्थानमा शव गाडिएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाको तालिम प्राप्त कुकुर सहित अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

