Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बुटवल एमालेको अभियान : संस्थागत सुशासन कायम गर्न संघ–संस्थालाई प्रशिक्षण
    राजनीति

    बुटवल एमालेको अभियान : संस्थागत सुशासन कायम गर्न संघ–संस्थालाई प्रशिक्षण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० फाल्गुन २७, आईतवार २३:३० गते
    advertisement
    advertisement
    advertisement

    बुटवल : भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नेकपा (एमाले) बुटवल उपमहानगर कमिटी, रुपन्देहीले अभियान थालेको छ ।

    पहिलो चरणमा विभिन्न सरकारी निकाय र सेवा प्रवाह गर्ने संस्थाहरुमा सुशासन कायम गर्नका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको एमालेले दोस्रो चरणमा बुटवलमा रहेका ३ सय संघ–संस्थालाई लक्षित गर्दै प्रशिक्षण दिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    संघ–सस्थामा नेतृत्व गर्ने नेता कार्यकर्तालाई पार्टी र संघ–संस्थाबीचको अन्तरसम्वन्ध, सुशासन कायम गर्ने तरिका र नेतृत्वमा हुनुपर्ने गुणलगायतका विषयमा प्रशिक्षित गर्दै अभियान थालिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

    वित्तीय अनुशासन कसरी कायम गर्ने ?, भ्रष्टाचार नियन्त्रणमा संघ–संस्थाहरुले कसरी प्रभावकारी काम गर्ने ? लगायतका विषयमा संघ–संस्थाका पदाधिकारीलाई लक्षित गर्दै प्रशिक्षित गरिएको ज्ञवालीले बताए ।

    दुई दिनसम्म चलेको प्रशिक्षणमा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डीआर घिमिरे, लेखक माधव पौडेल, पार्टी स्कुल विभागका मुकुन्द ज्ञवाली, वरिष्ठ उद्घोषक गोपाल अधिकारी लगायतले वित्तीय अनुशासन र सुशासन, संघ–संस्थामा प्रभावकारी नेतृत्व स्थापित, पार्टी र संघ–संस्थाबीचको अन्तरसम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

    पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व, प्रभावकारीता र कार्यकुशलता, विधिको शासन, सहभागीता, निष्पक्ष र समावेशीकरण, अनुशासन जस्ता विषयमा संघ–संस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिइएको थियो । सुदृढ संस्थागत सुशासनले संस्थाप्रतिको विश्वास र साख अभिवृद्धि बढाइ समग्रमा संस्थाको सफलता सुनिश्चित गर्ने भएकाले पार्टीले यस्तो अभियान चलाएको उनले बताए ।

    एमाले बुटवल उपमहानगर कमिटीले बुटवल नगर कमिटीका इञ्चार्ज, नगर सदस्य, वडाका पदाधिकारीलाई पनि वित्तीय अनुशासनका लागि प्रशिक्षण दिने योजना बनाएको नगर कमिटी अध्यक्ष ज्ञवालीले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेकपा एमाले बुटवल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.