


भैरहवा, २७ चैत । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीको अध्यक्षमा मधुप्रसाद पन्थी सर्वसम्मत निर्वाचित भएका छन्। भैरहवामा सम्पन्न संघको २५ औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनबाट अध्यक्ष पन्थी सहित १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघका अनुसार नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिरालाल धोवी, प्रथम उपाध्यक्षमा ओमप्रकाश गिरी, द्वितिय उपाध्यक्षमा सत्यनारायण चौधरी, तृतिय उपाध्यक्षमा वाकेप्रसाद मेडिहार, महासचिवमा विष्णुप्रसाद भुसाल, कोषाध्यक्षमा प्रकाश पौडेल र सचिवमा गोविन्द रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुमन पन्थ, रुक्मागत खनाल, अशोक वर्मा, जिवलाल भण्डारी, सीता सापकोटा, हिमाकुमारी शर्मा, विपिन पराजुली र रामप्रसाद आचार्य निर्वाचित भएका छन् ।

