
भैरहवा, ३० चैत। लुम्बिनी प्रदेशलाई लक्षित गरि राइड शेयरिङ एप ई-ड्राईभ नेपाल सञ्चालनमा आउने भएको छ । ई-ड्राईभ लुम्बिनी र ई-ड्राईभ नेपालको सहकार्यमा बैशाख पहिलो साताबाट लुम्बिनी प्रदेशमा पहिलोपटक राइड शेयरिङ संचालनमा आउने भएको हो ।
ई-ड्राईभ लुम्बिनी नेपालले सर्वसाधारणलाई ओहोर दोहोर सहज तुल्याउन अनलाइन माध्यमबाट टयाक्सी र मोटरसाइकलबाट राइडिङ सुविधा प्रदान गर्ने ई-ड्राईभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।
नेपालमै तयार भएको एप र मुख्य गरी विधुतिय गाडीलाई प्राथमिकता राखेर बैशाखको पहिलो साताबाट सेवा सुरु गर्न लागिएको उनले बताए ।कम्पनीले नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने उनको भनाई छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘स्थानीय युवालाई आफ्नै ठाउमा रोजगारको अवसर दिने गरि सेवा सुरु गर्न लागिएको छ’,आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘मेड ईन नेपालको मुलभुत मुद्दालाई जोड दिएर ड्राईभर र पेसेन्जरलाई चलाउन सरल रहेकोले नै यो एपलाई लुम्बिनी प्रदेशमा ल्याइएको हो।’ कार्यक्रममा ई-ड्राईभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले विधुतिष् साधनमा जोड दिने गरि सेवा संचालनमा ल्याउने लागिएको बताए।
हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने उनको भनाई छ । अनलाईन सवारीमा दुर्घटनामा घाईते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैया बराबरको तेस्रो पार्टीबाहेकको ईन्सुरेन्सको व्यवस्था समेत रहने उनले जानकारी दिए ।

