
भैरहवा, ४ बैशाख । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।
बैशाख ३ गते बसेको बढुवा समितिको निर्णय अनुसार डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाल एआईजी पदमा बढुवा सिफारिस भएका हुन् । उमेर हदका कारण क्रमश: बैशाख ५ र बैशाख ७ गते एआईजी सन्दीप भण्डारी र मिरा चौधरी अवकाशमा जाँदैछन् । सोही रिक्त हुने एआईजी पदमा डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाल बढुवा सिफारिसमा परेका हुन् ।
Advertisement

Advertisement
Advertisement

डीआईजी जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा र ढकाल ७३.६३०६ अंकप्राप्त गर्दै दोस्रो नम्बरमा बढुवा भएका हुन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।


