
काठमाडौं, ३० जेठ। कुवेतमा आप्रवासी श्रमिकहरूको क्याम्पमा आगलागी हुदाँ पाँच जना नेपाली नागरिक घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार एकाबिहानै बिहान आगलागीमा परेर पाँच जना नेपाली घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावसाका अनुसार आगलागीबाट शिवशंकर पासवान र दोर्जे लामा घाइते भएका छन् । उनीहरूको अदान अस्पतालमा उपचार भइरहेको छ । फरवानिया अस्पतालमा उपचार पश्चात दिनेश कुमार मण्डल डिस्चार्ज भएका छन् भने जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेका छन् । उक्त घटनाबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले दुतावास मार्फत जानकारी लिएका छन् ।
Advertisement

Advertisement
Advertisement


