
भैरहवा,३१ जेठ । नरेन्द्र मोदी नेतृत्वको सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाललाई नियुक्त गरेको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार भारतको मन्त्रिपरिषद् बैठकले पुन पाँच वर्षको लागि डोभाललाई जुन १० गतेदेखि लागू हुनेगरी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको हो । उनलाई क्याबिनेट मन्त्रीको हैसियत प्रदान गरिएको छ । डोभाल राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएको यो तेस्रो पटक हो । भारतका सुरक्षा सल्लाहकार डोभाल एक प्रभावकारी सुरक्षा सल्लाहकार मानिन्छन् ।
Advertisement

Advertisement
Advertisement

उनी अन्य मुलुकसँगै नेपाल भारत सम्बन्ध र नेपाल मामिलालाई नजिकबाट नियाल्ने गरेका छन् । डोभालले मोदी सरकारको कार्यकालमा धेरै सफल अपरेशनहरुको नेतृत्व गरेका छन् ।

