
भैरहवा, १० असार । भारतमा एक डिएसपीलाई कारवाही गरेर सिपाही बनाइएको छ । पारिवारिक कारण देखाएर विदा मागेर निस्किएका डिएसपी कृपा शंकर कनौजिया कानपुर स्थित होटलको कोठामा महिला प्रहरीसगँ आपत्तिजनक अवस्थामा भेटिएपछि उनलाई कारवाही गरी डिएसपीबाट डिमोसन गरेर सिपाही बनाइएको हो । घटना ०७८ असार २२ गतेको हो ।
भारतीय संचारमाध्यमहरुका अनुसार उत्तर प्रदेश राज्यस्थित उन्नावको तत्कालीन सर्कल अफिसर (सीओ) रहेका डिएसपी कनौजिया विदा स्विकृत भएपछि घर जानुपर्नेमा कानपुरको होटलमा गएर मोबाइल स्विच अफ गरेर परिवारको सम्पर्कमा नआएपछि उनको श्रीमतीले उन्नाव प्रहरीसगँ सहयोग माग गरेकी थिइन् । प्रहरीले तत्काल अनुसन्धान सुरु गर्दा उनी होटलमा एक महिला प्रहरीसगँ आपत्तिजनक अवस्थामा भेटिएका थिए ।
Advertisement

Advertisement
Advertisement

घटना पश्चात जाँचबुझ समिति गठन गरीएको थियो । राज्य सरकारका प्रतिनिधिहरुले घटनाको विषयमा जाँचबुझ गरेर डिएसपीलाई पुनः रिभर्ट गरेर सिपाही बनाउन सिफारिस गरेपछि एडीजी प्रशासनले घटुवा आदेश जारी गरेर सिपाही बनाएको हो । डिएसपी कनौजियाले सिपाहीबाट जागिरको सुरुवात गरेका थिए । जसकारण उनलाई रिभर्ट गर्दा पुनः सिपाही बन्नुपरेको छ । उन्नावको बीघापुरमा सर्कल अफिसर (सीओ) रहेका कनौजियालाई कारवाही गरेर २६ औँ पीएसी वाहिनी गोरखपुरमा सिपाहीको रुपमा खटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

