
भैरहवा, १४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार आरोपी प्रतीक थापा पक्राउ परेका छन् । उनलाई शुक्रवार बौद्धबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको संग्लनता देखिएपछि ०८० वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएलग्त्तै उनी फरार भएका थिए । १४ महिनापछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका थापा एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा हुन् ।
Advertisement

Advertisement
Advertisement

भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै बादल गृहमन्त्री हुदाँ मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा प्रतीकले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

