Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नेपालका यी १५ ‘मोस्ट वान्टेड’: जसलाई खोज्दैछन् १९६ देशका प्रहरी
    क्लिक लुम्बिनी विशेष

    नेपालका यी १५ ‘मोस्ट वान्टेड’: जसलाई खोज्दैछन् १९६ देशका प्रहरी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ असार १७, सोमबार १७:४२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १७ असार । मानव बेचबिखन, गैरकानुनी रुपमा बसाई लगायत आरोपमा नेपालका विक्रान्त थापा (३९) केन्या प्रहरीको सार्वधिक खोजीको सूचीमा छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि धेरै खोजबिन गर्यो । तर, पक्राउ गर्न नसकेपछि उसले अन्ततः अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग माग्नु पर्यो । केन्या प्रहरीको सिफारिसको आधारमा इन्टरपोलले विश्वभर (१९६ मुलुक) जहाँ देखिएपनि पक्राउ गर्नका लागि थापाविरुद्ध ‘रेड नोटिस’ जारी गर्यो ।

    त्यस्तै एक दशमलव ७२ मिटर उचाईँ, ६५ किलो तौल, कालो रंगको कपाल र आँखा भएका बारा, कलैयाका नुर मोहम्मद अन्सारी भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् । नक्कली नोटको कारोबार र आतंकवादी गतिविधीमा संग्लन आरोपमा भारतीय प्रहरीले उनलाई कुना–कुना सम्म खोज्यो । तर, फेला पार्न नसकेपछि इन्टरपोलको सहायता लिन पर्यो । भारतीय प्रहरीकै सिफारिसमा इन्टरपोलले अन्सारी विरुद्ध ‘रेड नोटिस’ जारी गर्यो । अरबी, उर्दु र हिन्दी भाषमा कुराकानी गर्न जानेका ३९ वर्षीय अन्सारीलाई भारत सहितका १९६ देशका प्रहरीहरुले अहिले पनि खोजी जारी राखेका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    १९६ देशको खोजी सूचीमा रहेका नेपाली नागरिकहरु । स्रोतः इन्टरपोल

    यस्तै ठेगाना नखुलेको नेपालका भीमे दमाईँको एक दशमलव ६८ मिटर उचाईँ, कालो रंगको कपाल र आँखा रहेको उनको शारीरिक विवरण प्रहरी रेर्कडमा छ । हत्याको आरोपमा ४२ वर्षीय उनी पनि भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा समावेश छन् । उनलाई पनि भारतीय प्रहरीले पक्राउ गर्न नसकेपछि इन्टरपोलमा सिफारिसको माध्यमले ‘रेड नोटिस’ जारी गर्न लगाएर दमाईँको विश्वभर खोजी भइरहेको छ ।

    इन्टरपोलका अनुसार विभिन्न मुलुकमा अपराध गरेको/आरोपमा सार्वधिक खोजीको सूचीमा नेपालका १५ नागरिकविरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । विभिन्न मुलुकमा अपराध गरेर फरार भएपछि सोही देशको सिफारिसका आधारमा अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीहरुको प्राप्त सम्पूर्ण विवरण सहितको ‘रेड नोटिस’ जारी गरेको छ । विश्वभरका १९६ राष्ट्र इन्टरपोलका सदस्य छन् । इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेपश्चात इन्टरपोलका सदस्य सबै मुलुकमा सम्बन्धित व्यक्तिको फोटो सहितको सम्पूर्ण विवरण पठाउने गर्दछ । सम्बन्धित व्यक्तिलाई इन्टरपोलको सदस्य भएको राष्ट्रले पक्राउ गरेर ‘रेड नोटिस’ जारी गर्न लगाएको सम्बन्धित देशलाई पठाउने गर्दछन् ।

    ‘रेड नोटिस’ जारी भई ‘मोस्ट वान्टेड’ सूचीमा नेपालका उमेश सापकोटा(४२), राजेश भागादुर(३५),रमेश भागादुर(३५), प्रेम सिंह(३७), डोलबहादुर राजबहादुर शाही(५६), इन्द्रबहादुर चित्र साभाद(४१), खुमराज थापा(४४), नान्नु मगर(४२) विक्रान्त थापा(३९), विरबहादुर मगर(५१), बिनबहादुर सूर्य तामाङ्ग(४६), नुर मोहम्मद अन्सारी(३९), फुलचन्द शिवराज शर्मा(४०), भिमे दमाईँ(४२) र ठुलराम बहादुर(४५) रहेको इन्टरपोलले जनाएको छ । नेपालका यी १५ नागरिकलाई अहिले इन्टरपोलको सदस्य १९६ मुलुकका प्रहरीहरुले खोजी गरिरहेका छन् । तर, यी मध्ये केही वर्षौ देखिपनि पक्राउ पर्न सकेका छैनन् ।

    सन् १९२३ मा इन्टरपोलको स्थापना भएको थियो । सन् १९६७ सेप्टेम्बर २७ तारिखमा इन्टरपोलको ३६ औँ महासभाबाट नेपाल १०० औँ सदस्य राष्ट्रको रुपमा इन्टरपोलको सदस्य भएको थियो । प्रत्येक सदस्य राष्ट्रमा विश्वभरका सदस्य राष्ट्रहरुसगँ सम्पर्क राख्नका लागि नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) स्थापना गरिएको छ । एनसिबीले इन्टरपोल मार्फत कुनै प्रकारको नोटिस जारी गर्नका लागि सिफारिस गर्ने, सदस्य राष्ट्रहरुबीच सूचना आदानप्रदान गर्ने, सूचनाहरु विश्लेषण गर्ने, खोजी सूचीमा रहेका व्यक्तिलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउने लगायत कार्यहरु गर्दै आएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध इन्टरपोल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.