
भैरहवा, १७ असार । रुपन्देहीको बैकुण्ठपुर क्षेत्र स्थित रोहिणी नदीमा डुबेर नेपाल आयल निगमको मजदुर बेपत्ता भएका छन् । नदीको बगरमा नेपाल आयल निगमले इन्धन भण्डारका लागि डिपो निर्माणकार्य सुरु गरेको छ । निगमले डिपो निर्माण थालेको उक्त जग्गामा वर्षेनी डुबान हुने गर्दछ ।
सोही डिपो निर्माणकार्य गर्ने मजदुर मकवानपुर राक्सीराङ गाउँपालिका–८ का १९ वर्षीय सागर प्रजाको नदीमा डुबेर बेपत्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एंव सूचना अधिकारी मनोहर भट्टले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

‘दिउँसो साढे १२ बजे नदीमा तीन जना नुहाउन गएका थिए। एक जना मजदुर बेपत्ता भएका हुन्’ नेपाल आयल निगमको निर्माणाधीन डिपो आयोजनाका प्रमुख प्रदीप यादवले भने,’ ‘प्रहरीहरू आउनु भएको छ। बेपत्ता मजदुरको खोजी र घटनाको अनुसन्धान गरिरहनुभएको छ।’ बेपत्ता मजदुरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएको छ। बेपत्ता मजदुरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटाईएको छ ।

