
भैरहवा, १८ असार । सरकारले नुनको मूल्य बढाएको छ । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनको बसेको संचालक समितिको बैठकले नुनको मूल्य बढाएको हो ।
बैठकले मूल्य बढाउने निर्णय गरेपछि कर्पोरेसनले सोही अनुसार मूल्य समायोजनबारे मातहतका सम्पूर्ण कार्यालयलाई पत्राचार समेत गरेको छ । कार्यालयहरुलाई गरिएको पत्राचार अनुसार प्रति किलो २० रुपैयाँ रहेको आयो नुनको थोक मूल्य २३ रुपैयाँ र उपभोक्ता मूल्य २६ रुपैयाँ पुुगेको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै नयाँ मूल्यसूची अनुसार न्यू शक्ति नुनको प्रति किलो थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ भने भानु नुनको प्रति किलो ९ रुपैयाँ कायम गरिएको छ । समायोजन भएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने पत्रमा उल्लेख छ ।
हेर्नुहोस् पत्र :


