Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » घोटाला भएको आयल निगमको जग्गामा रोहिणी नदी पस्यो, निर्माणधिन डीपोको काम प्रभावित
    अर्थ

    घोटाला भएको आयल निगमको जग्गामा रोहिणी नदी पस्यो, निर्माणधिन डीपोको काम प्रभावित

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ असार २३, आईतवार १६:२७ गते
    advertisement
    advertisement
    advertisement

    सलमान खान
    भैरहवा, २३ असार । इन्धन भण्डारण पूर्वाधार बनाउनका लागि नेपाल आयल निगमले रुपन्देहीमा खरिद गरेको जग्गा रोहिणी नदीमा डुबेको छ । नदीमा पानीको बहाव बढेर निगमको जग्गा डुबेपछि इन्धन भण्डारका लागि निर्माण थालिएको डीपोको काम पनि रोकिन पुगेको छ ।

    भ्रष्टाचार गर्नका लागि वर्षायाममा सधै डुबानमा पर्ने जग्गा किसानहरुसगँ कौडीको मूल्यमा खरिद गरेर निगमले ठेक्का प्रक्रिया देखाएर ‘विचौलियाहरु’ मार्फत निकै महंगो मूल्यमा खरिद गरेपछि निगमको निकै आलोचना भएको थियो । निगमले रोहणी नदीको बगर सहित खरिद गरेको जग्गा वर्षेनी डुबानमा परेर ताल बन्ने गर्दछ । जुन अवस्था यस वर्ष पनि देखिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    निगमले उक्त जग्गामा बैशाख ५ गते देखि पूर्वाधार निर्माण सुरुवात गरेपछि रुपन्देही–१ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री अब्दुल रज्जाकको नेतृत्वमा स्थानीयहरुले निर्माणको नाममा आफ्नो स्वामित्व भन्दा बाहिरको सार्वजनिक जग्गा कब्जा गर्न खोजेको भन्दै विरोधमा उत्रिएका थिए ।

    निर्माण स्थल ओमसतिया– ५ का स्थानीय देवीप्रसाद मिश्राले भोगचलन गर्दै आएको जग्गामा निर्माण सामाग्री राखेर कब्जा गर्न लागेको र निगमले नदी किनारका बासिन्दालाई असर पर्ने गरी इन्धन भण्डार स्थल निर्माणको प्रक्रिया अगाडी बढाएको प्रति आफुहरुले विरोध जनाएको बताएका थिए ।

    ओमसतिया गाउँपालिका गाउँ कार्यपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाअध्यक्ष मदनप्रसाद पोखरेलले नेपाल आयल निगमले निर्माण गर्न लागेको इन्धन भण्डार डिपोका कारण नदीमा धेरै बाढी आएमा स्थानीयहरुलाई असर पर्ने बताए ।

    ‘अहिले त कम पानी परेकोले हामीलाई असर गरेको छैन’ उनले भने, ‘तर निगमले नदीको पानी रोक्न/जग्गा संरक्षण गर्नका लागि रिटेनिङ वाल लगाएपनि भविष्यमा धेरै वर्षा भएर नदीमा बाढी आयो भने स्थानीयहरुलाई समस्या पर्छ नै ।’

    भण्डार क्षमतावृद्धि परियोजना कार्यालयका अनुसार निगमले पहिलो चरणमा रिटेनिङ वाल, भूमि व्यवस्थापन र क्याबिन जाली पूर्वाधार निर्माणका लागि १४ करोड रुपैयाँमा ठेक्का आह्वान गरेकोमा निर्माण व्यवसायीले करिब ८ करोड रुपैयाँमा ठेक्का कबोल गरी निर्माण सुरु गरेका छन् । परियोजना कार्यालयका आर्थिक प्रशासन अधिकृत तेजराज तिमिल्सिनाका अनुसार निर्माण कार्यमा हालसम्म करिब २ करोड रुपैयाँ बराबरको कार्य भएको छ ।

    नदी किनारमा जग्गा खरिद गरेर निर्माण थालेको निगमको केही लगानी बाढीले बगाएको स्थानीयहरुले बताए । ‘भूमी खन्ने, सम्याउने लगायतका कामहरु निगमले गरिरहेको थियो’ एक स्थानीयले भने, ‘तर नदीमा बाढी आएर पुरै डुबाएको छ, लगानी लगाएर खनिएको खाल्टाहरु पुरिएका छन् ।’

    भण्डार क्षमतावृद्धि परियोजनाका प्रमुख प्रदीप यादवले नदीमा आएको बाढीका कारण काम रोकिएपनि पूर्वाधार निर्माणका लागि गरिएको काममा समस्या नभएको दावी गरे । ‘अहिले नदीमा आएको बाढीले त्यस्तो देखिएको होला तर काममा केही असर परेको छैन’, उनले भने, ‘पानीका कारण काम गर्न समस्या भएको हो । बाढी/पानी रोकिए काम सुरु गछौँ ।’

    नदी किनारमा डिपो निर्माणले स्थानीयहरुलाई कुनै असर नपर्ने उनको भनाई छ । उनले सार्वजनिक जग्गामा निर्माण थालेको भन्दै स्थानीयहरुले विरोध गरेपनि आफुहरुले सार्वजनिक जग्गामा निर्माण कार्य नगरेको बताए ।

    निगमले १४ विघा ७ कठ्ठा रुपन्देहीको रोहिणी नदीको बगर सहित देशका विभिन्न स्थानमा ९० विघा जग्गा सरकारी दररेट भन्दा बढी मूल्य खरिदमा भ्रष्टाचार भएको विषय बाहिरिएपछि संसद्को सार्वजनिक लेखा समितिले खरिदमा करिब ६७ करोड अनियमितता भएको छानबिन प्रतिवेदनमा औल्याएको थियो ।

    लेखा समितिको सिफारिसमा अख्तियारले अनुसन्धान गरेर भ्रष्टाचारका प्रमाणहरु सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा विशेष अदालतले निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्कलाई दोषी ठहर्याउँदै एक वर्ष तीन महिना कैद सजाए र १८ करोड विगो भराउन तथा सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल आयल निगम रोहिणी नदी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.