
अमेरिकी बिलियनर एलन मस्कले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्प समर्थक चुनावी समूहलाई महिनामा ४५ मिलियन डलर दिने अमेरिकी मिडियाले जनाएका छन् । उनलाई सहयोग गर्ने गरी सुपर पोलिटिकल एक्सन कमिटी (सुपर प्याक) मार्फत दिने जनाइएको छ । मस्कको चन्दा अमेरिका पीएसी भनिने समूहमा जाने बताइएको छ ।
जसअन्तर्गत ट्रम्पलाई मदत गर्ने गरी मतदाता दर्ता, चाँडो मतदान जस्ता कुरालाई प्रवर्द्धन गरिनेछ । सोसम्बन्धी विषयमा वाल स्ट्रिट जर्नलले समाचार लेखेको थियो । मस्कले औपचारिक रूपमा गएको शनिबार पेन्सिलभानियामा हत्या प्रयासमा ट्रम्प जोगिएपछि भावी राष्ट्रपतिको रूपमा उनलाई समर्थन गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

उनले सामाजिक सञ्जाल एक्समा त्यतिबेला लेखेका थिए, “म पूर्ण रूपमा राष्ट्रपतिमा ट्रम्पलाई अनुमोदन गर्दछु र उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” रिपोर्टका अनुसार मस्कले अर्को महिनाबाट सो सहयोग उपलब्ध गराउनेछन् । अल्जजिरा

