
काठमाण्डौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने ६ गते आइतबार विश्वासको मत लिने भएका छन्। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । धारा ७६ (२) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।
Advertisement

Advertisement
Advertisement


