
सर्लाही, ८ साउन । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सर्लाही पठाइएको छ । रायको आइतबार राति आफ्नै निवासमा हत्या भएको थियो । सीआईबी प्रमुखा एवं एआईजी श्यामलाल ज्ञवालीका अनुसार प्राविधिकतर्फको अनुसन्धान र विश्लेषणका लागि प्रहरी निरीक्षकको कमाण्डमा दुई जनाको टोली पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, मधेस प्रदेश प्रहरी कार्यालय र सीआईबी गरी तीन वटा युनिटले घटनाको अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका लागि प्रहरीले आइतबार नै रायकै घरका कामदार रामउदेन रायलाई नियन्त्रण लिएको थियो । आइतबार राति तीन जना व्यक्तिहरु जग्गा विवाद मिलाइदिन भन्दै घरमा आएको र घरमै सुतेपछि आफु छतमा गएर सतेकोले घटनाबारे जानकारी नभएको उनले प्रराम्भिक बयान दिएका छन् ।
Advertisement

Advertisement
Advertisement

घटनामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ । सोही हतियारले टाउको प्रहार गरी रायको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक राय ३० वर्षअघि राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

