
भैरहवा, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेर मृत्यु भएका व्यक्ति सौर्य एयरलाइन्सका कर्मचारी र तीनका परिवारका सदस्यहरु रहेको खुलेको छ । विमानमा चालक दलसहित १९ जना सवार थिए । विमानको पाइलट मनिष शाक्य र को-पाइलट एस कटुवाल रहेका थिए ।
सौर्य एयरलाइन्सको यात्रु विवरण सूची अनुसार उक्त विमानमा चालकदल सहित ईन्जिनियर, प्राविधिक, कर्मचारी परिवारका सदस्यहरु सवार रहेको पाइएको छ । विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मर्साइन, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पून्यरत्न शाही र एरिफ रेडा सवार थिए । एयरलाइन्सका प्राविधिक मनुराम शर्माले पोखरा जानेभएपछि उनले परिवारका सदस्य उर्जा मन्त्रालयमा कार्यरत श्रीमती प्रिजा खतिवडा र छोरी अधिराज शर्मालाई घुमाउन लैजाँदा दुर्घटनामा परेर तीनै जना मृत्यु भएको छ । सौर्यका कर्मचारीले विमानमा सवार कर्मचारीको सूची विवरणमा परिवारका सदस्यहरुको नाम समेत एयरलाइन्सको कर्मचारीको रुपमा विवरण इन्ट्री गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

विमानका पाइलट शाक्य केएमसी अस्पतालमा उपचारत अवस्थामा छन् भने अन्य १८ जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको खोज तथा उद्दार समन्वय केन्द्रले जनाएको छ । यी मध्ये केही एयरलाइन्स व्यवस्थापन टिमका उच्च अधिकारीहरू थिए । घटनासँगै एयरलाइन्सले सेफ्टी प्रमुख, सीएएमओ म्यानेजर, मर्मत म्यानेजर, क्यूए प्रमुख लगायतलाई गुमाउन पुगेको छ । विमानको इन्जिन परिक्षणका लागि काठमाडौँबाट पोखराका लागि उडान भरिएको बताइएको छ ।
‘सौर्य एयरलाइन्सको ९नाइन एन एएमई० विमान बुधवार बिहान ११ः११ बजे पोखरा उडानका क्रममा उड्ने बित्तिकै दाहिने तिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो’ विमानस्थल कार्यालयको खोज तथा उद्दार समन्वय केन्द्रद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘तत्कालै उद्दार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक जनाको घाइतेलाई उद्दार गरी अस्पतालमा पुर्याइएको छ ।’
हेर्नुहोस् विमानमा सवारहरुको नामवली :


