
पोखरा, १४ साउन । पोखरामा सवारी दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ र २८ जना घाइते भएका छन्। मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कूलको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र ५ वर्षीय प्रिन्स विक रहेको कास्की प्रहरीले जनाएको छ । मृतक दुवै आमा-छोरा हुन् । दुवै जनाकाे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार बिहान पोखरा महानगरपालिका-२१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नम्बरको स्कूल बस दुर्घटना भएको हो। उक्त बस सडकबाट ५० मिटर तल खसेको थियो। घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement


