
भैरहवा, १४ साउन । पश्चिम नवलपरासीमा एक युवकको हत्या भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका-५ हर्दीका २० वर्षीय रोशन कुमार बढई भन्ने सूर्यकुमार बढईको आइतबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
गएराति बढई आफ्नो घरमा सुतेको अवस्थामा अज्ञात समूहले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रराम्भिक अनुसन्धानमा पाइएको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिए । उक्त समूह घटना घटाएर फरार भएकाले खोजी भइरहेको उनले बताए । घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा पठाइएको नवलपरासी प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement


