
काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ३८ वटा विभागका प्रमुख तोक्ने तयारी गरेका छन् । उनले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा प्रमुख तोक्न तयारी गरेका हुन् ।
देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गरेको बताइएको छ । त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार ३८ विभागका प्रमुखको नाम सोमबार नै प्रकाशित गर्ने तयारी छ ।
Advertisement

Advertisement
Advertisement

सभापति देउवा निवासमा सोमबार विहान शीर्ष नेताहरु छलफलमा बसेका थिए । विधानतः महाधिवेशन भएको छ महिना भित्र विभाग र समितिहरु गठन भइसक्नुपर्छ । हालसम्म १७ वटा मात्रै विभागका गठन गरिएको छ । गठन भएका विभागले समेत पूर्णता पाउन सकेका छैनन् ।

