Close Menu
    What's Hot

    सिद्धार्थनगर नगरपालिकाले भन्यो–सडकमा कृषि उपज नसुकाउनू, छवाली नजलाउनू

    २०८३ कार्तिक १२, बुधबार १२:१३ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर नगरपालिकाले भन्यो–सडकमा कृषि उपज नसुकाउनू, छवाली नजलाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १२:१३ गते0
    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै, रुपन्देहीसहित ३४ जिल्लामा ‘रेड अलर्ट’
    प्रमुख समाचार

    भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै, रुपन्देहीसहित ३४ जिल्लामा ‘रेड अलर्ट’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण २१, सोमबार १४:५८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २१ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने भएकोले सर्तकता अपनाउनका लागि अनुरोध छ । महाशाखाले सोमबार मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै भारी वर्षाका सम्भावना कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३६ जिल्लालाई मध्यम जोखिमको पूर्वानुमान गर्दै ‘डार्क यल्लो अलर्ट’ को सूचीमा राखेको छ । यस्तै गण्डकी, कर्णाली, सुदूरपश्चिमका ७ जिल्लामा निम्न जोखिमको सम्भावना रहेको जनाएको छ ।

    कोशी प्रदेशको ‘रेड अलर्ट’ मा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम जिल्ला परेका छन् । बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिंग, नुवाकोट, दोलखा रहेका छन् भने गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ, गोरखा जिल्ला रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दांग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँचीलाई ‘रेड अलर्ट’ को सूचीमा राखिएको छ । सुदूरपश्चिमको कैलाली, कंचनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि उच्च जोखिमको सूचीमा समावेश गरिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    हेर्नुस कुन जिल्ला कति जोखिममा ?

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

    साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउनका लागि महाशाखाले अनुरोध गरेको छ । मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको बुलेटिनमा उल्लेख छ । ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भवाना रहेको बताइएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जल तथा मौसम विज्ञान विभाग मनसुन मौसम पूर्वानुमान महाशाखा वर्षा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर नगरपालिकाले भन्यो–सडकमा कृषि उपज नसुकाउनू, छवाली नजलाउनू

    २०८३ कार्तिक १२, बुधबार १२:१३ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.