


ढाका, २२ साउन । बंगलादेशमा विद्यार्थीहरुको आन्दोलनका कारण राजीनामा दिएर देशका छाडेको पूर्वप्रधानमन्त्री शेख हसिना राजनीतिमा नआउने भएकी छिन्। हसिनाका छोरा एवं पूर्व आधिकारिक सल्लाहकार रहेका साजीव वाजेद रोयले सोमबार बीबीसीलाई अन्तरवार्ता दिदैँ परिवारिक दवाबले आमा (हसिना) ले आफ्नो सुरक्षाका लागि देश छाडेको र अब राजनीतिमा नआउने बताए।
सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले भारतमा शरण लिएकी छिन्। जोयका अनुसार पछिल्लो घटनाक्रमका कारण आमा निराश बनेको र आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन्।

‘शेख हसिनाले देशलाई उत्तम सरकार दिएकी थिइन्, अब उनी आफ्ना नातिनातिनाहरूसँग समय बिताउनेछिन्, राजनीतिमा फर्कने छैनन्।’ जोयले भनेका छन् । सडकमा रक्तपात नहोस् भनेर आमाले देश छाडेको उनले बताएका छन्।

