Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० साउन। सरकारले बुधवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका ७ वटा निर्णयहरु सार्वजनिक गरेका हुन्। यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु: १. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने । २. दोस्रो, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गर्ने। ३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने । ४. पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रुपमा नेपाल राज्यभर लागू गर्ने । ५. बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक…

Read More

काठमाडौं,२० साउन। नेपालको स्थानीय बजारमा सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, बुधवार सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ किनबेच भएको थियो । त्यस्तै चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० मा कारोबार भएकोमा आज प्रतितोला ४ हजार ४७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Read More

सिन्धुली,१८ साउन। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बस र कार एकआपसमा ठोक्किँदा कार सुनकोशी नदीमा खसेको छ। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बस र खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोटको नम्बर नखुलेको कार एकआपसमा ठोक्किएका थिए। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि कार चालक सिन्धुपाल्चोकका अन्दाजी ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुली गोलान्जोर गाउँपालिका–१ का अन्दाजी २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना हेल्पर नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Read More

दाङ, १८ साउन। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गरेको छ। चालु खर्चमा कडाइ गर्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम र अन्तक्र्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लङ्घन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायीमाथि कानुनी कारबाही गरिने स्पष्ट गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा मातहतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, मितव्ययिता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको छ। मार्गदर्शन अनुसार, चैत्र मसान्तसम्म कार्यान्वयन…

Read More

भैरहवा,१८ साउन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले अटो तथा विद्युतीय रिक्सा लगायत तीनपाङ्ग्रे सवारीसाधनको दर्ता तथा रुट इजाजत प्रक्रिया फेरी सुरु गरेको छ। यसअघि प्राप्त १८८ वटा निवेदनलाई पहिलो चरणमा दर्ता गरी रुट इजाजत प्रदान गर्ने र अन्यको हकमा आवश्यक कागजातसहित ३० दिनभित्र निवेदन पेश गर्न कार्यापालिकाले निर्णय गरेको पालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख छ। मापदण्ड पूरा गरेका सवारीसाधनलाई प्राथमिकताका आधारमा दर्ता तथा रुट अनुमति प्रदान गरिने जनाइएको छ। साथै, दर्ता र रुट अनुमति बिना अटो तथा विद्युतीय रिक्सा लगायत तीनपाङ्ग्रे सञ्चालमा रोक लगाइएको र संचालन भएको पाइएमा कारबाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए।

Read More

काठमाडौं, १७ साउन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री–वितरण भइरहेका एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत बिक्री भइरहेका विभिन्न ब्रान्डका मसाज तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका उत्पादनको गुणस्तर, मौलिकता तथा उपभोगका लागि उपयुक्त भए–नभएको विषयमा परीक्षण भइरहेको विभागले जनाएको छ। विभागका महानिर्देशक मोतिराम सापकोटाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै नक्कली तथा शंकास्पद उत्पादनको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको बताए। उनका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। विभागले बजारमा शंकास्पद…

Read More

काठमाडौं,१७ साउन। थाइल्याण्डबाट लागुऔषध गाँजा लिएर नेपाल पुगेका तीन जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पञ्जाबको लुधियानाका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा भारतको हरियाणाको करनालका २२ वर्षीय साहिल रहेका छन्। थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। क्याथे प्यासिफिक एयरवेज मार्फत नेपाल आएका दुई भारतीय नागरिकलाई झोलाभित्र लुकाएर ल्याएको एघार किलो गाँजासहित पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जनाए। साथै, उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ…

Read More

काठमाडौं,१७ साउन। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले आइतबार मध्यरात देखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रति किलोलिटर २० रुपैयाँ बढाएको हो। नयाँ मूल्यसूची अनुसार, रुपन्देही क्षेत्रमा पेट्रोल,डिजेल,मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको आयल निगमले जनाएको छ।

Read More

मर्चवार । रुपन्देहीका दुई सामाजिक संस्थाले संयुक्त रुपमा मर्चवारमा वृक्षारोपण गरेका छन् । मर्चवार प्रेस क्लब रुपन्देही र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा कोटहीमाई गाउँपालिका–५ स्थित दुईमुहान पुल नजिक फलफूल तथा विभिन्न प्रजातिका ५१ वटा बिरुवा रोपिएको हो । मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताका अनुसार, आवाजविहीनको आवाज बन्ने जिम्मेवारीसँगै वातावरण संरक्षणमा पनि योगदान पु¥याउने उद्देश्यले साउन १५ गते आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण प्रसाद कोइरालाले स्वच्छ वातावरण निर्माण, हरियाली प्रवद्र्धन तथा चराचुरुङ्गीका लागि खाद्य स्रोत वृद्धि गर्ने उद्देश्यले क्लबले साउन महिनाभर विभिन्न स्थानमा वृक्षारोपण अभियान चलाएको…

Read More

भैरहवा,१५ साउन। रुपन्देही प्रहरीले भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर सोहरतगढका २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्रका २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्।सिद्धार्थनगर नगरपालिका–१२ स्थित भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ परेकाहरुको साथबाट पाँच सय दर १४० थान (७० हजार) भारतीय नक्कली नोट, सक्कली भारतीय मुद्रा २ हजार ७५८, नेपाली २ हजार १८० रुपैयाँ र दुई थान मोबाइल बरामद भएको छ ।…

Read More