Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,१५ साउन। रुपन्देही प्रहरीले भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१२ स्थित खड्का खाजा घरमा भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। लुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको सूचनामा पक्राउ परेकाहरुको नाम उल्लेख गरेको छैन। प्रहरीका अनुसार, पक्राउ परेकाहरुको साथबाट पाँच सय दर १४० थान (७० हजार) भारतीय नक्कली नोट, सक्कली भारतीय मुद्रा २ हजार ७५८, नेपाली २ हजार १८० रुपैयाँ र दुई थान मोबाइल बरामद भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान…

Read More

दाङ,१५ साउन। लुम्बिनी प्रदेश सरकारले सम्झौतामा तोकिएको समयभन्दा अघि नै सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ। शुक्रवार भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा विभिन्न जिल्लामा समयभन्दा अघि नै निर्माण सक्ने निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सम्मान गरेको हो । जय बागेश्वरी–बर्दिया व्ल्याक–बक खुमचन्द्र जे.भी.का सन्तोष केसी, एसियाटिक–लुम्बिनी जे.भी. बुटवलका नरप्रसाद शेरचन, वागेश्वरी–ओमकार–ओम जे.भी. रुपन्देहीका विजय लोध, श्रीराम सैनामैना जेभि सैनामैनाका रामप्रसाद पाण्डे, आँसु निर्माण सेवा विजुवार प्युठानका बालाजु श्रेष्ठलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै शारदा निर्माण सेवा प्राली तुलसीपुरका जय बहादुर खत्री, राजविर निर्माण सेवा प्राली रोल्पाका…

Read More

दाङ,१५ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताए। राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए। ‘गरेका काम गुणस्तरीय किन हुन सकिरहेका छैनन्, त्यसको कारण खोजौं । अहिले गरेका कालोपत्रे सडक एक वर्षमै किन भत्किरहेका छन् ? स्टिमेटमा…

Read More

काठमाडौं,१५ साउन । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कम्प्युटर इन्जिनियर राकेश कुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा दासविरुद्ध आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, दासले पेश गरेका शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनले भारतबाट प्राप्त गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर पदमा नियुक्ति लिएको खुलेको आयोगको दाबी छ। अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी दासले ओहोदा,लाभ र सुविधासमेत…

Read More

काठमाडौं,१५ साउन। नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार बेलुका ललितपुर महानगरपालिका–२३ धापाखेलबाट उनलाई पक्राउ गरेको हो । स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धानका लागि भण्डारीलाई पक्राउ सीआईबीका प्रवक्ता अनुपशमशेर जबराले बताए। स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्‍याएको उनीमाथि आरोप छ ।

Read More

भैरहवा,१५ साउन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट भीओआईपी कल बाइपासको उपकरणसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्ला चुमनुव्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङ रहेको प्रहरीले जनाएको छ। लामो समयको निगरानी पश्चात पक्राउ परेका गुरुङले बेलहियास्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेण्टमा भाडामा लिएर बसेको कोठाको खानतलासी गर्दा कल बाइपास गर्न प्रयोग गरिएका विभिन्न उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दले बताए । उनका अनुसार, पक्राउ परेका आरोपीको साथबाट सिमकार्ड जडान भएको डिभाइस २ थान, राउटर २ थान, भारतीय सिम कार्ड ५६ थान, एनसेल सिमकार्डको खोल ३८ थान,…

Read More

काठमाडौं,१४ साउन। सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रुपमा खारेज गरेको छ। नेपाल राजपत्रमा आज सूचना प्रकाशित गर्दै सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार, आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क तथा दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा पूर्ण छुट दिइएको छ। यससँगै हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्कका रुपमा असुल गरिएको रकम सम्बन्धित निकाय वा व्यक्तिले भुक्तानीकर्तालाई १५ दिनभित्र अनिवार्य रुपमा फिर्ता गर्नुपर्नेछ। तोकिएको अवधिभित्र रकम फिर्ता गर्न सम्भव…

Read More

काठमाडौं,१४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्। शुक्रबार जारी अपिलमा राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिमा सबै नागरिकलाई आपसी सद्भाव, मित्रता, सहिष्णुता र एकतालाई थप सुदृढ बनाउन आग्रह गरेका छन्। साथै, घटनापछि उत्पन्न विषम अवस्था चाँडै सामान्य हुने र शान्ति–सुरक्षा तथा जनजीवन पूर्ववत् अवस्थामा फर्काउन सरकारले आवश्यक पहल गरिरहेको विश्वास व्यक्त गरेका छन्। राष्ट्रपतिले सामाजिक, धार्मिक तथा जातीय सद्भाव, मेलमिलाप र भ्रातृत्व नेपाली समाजको पहिचान र परम्परा भएको उल्लेख गर्दै यसलाई कायम राख्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण…

Read More

काठमाडौं,१४ साउन। यातायात व्यवस्था विभागले करिब साढे २७ लाख थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सकिएको जनाएको छ। विभागद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार, असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स कार्ड छपाइ सकिएको हो । कुल २७ लाख ४७ हजार २५३ थान लाइसेन्स कार्ड सम्बन्धित यातायात कार्यालयमा हुलाकमार्फत वितरणका लागि पठाइसकिएको विभागले जनाएको छ। विभागले २०८२ कात्तिक १२ गते सुरक्षण मुद्रण केन्द्रसँग भएको सम्झौतापछि लाइसेन्स छपाइ कार्यले तीव्रता पाएको जनाएको छ। यद्यपि, म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने हाल छापिएको छैन। विभागका अनुसार, यस्ता लाइसेन्स नवीकरण गरेपछि १० वर्षका लागि नयाँ लाइसेन्स जारी हुने भएकाले…

Read More

काठमाडौं,१४ साउन। सरकारले २३ जना सहसचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले २३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का कर्मचारीहरुको सरुवा तथा कामकाजमा खटाएको हो। मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, नियोग र प्रदेश सचिवका रुपमा कार्यरत सहसचिवहरुलाई नयाँ जिम्मेवारी तोकेको हो। को-कहाँ पुगे ? हेर्नुहोस् सूची :

Read More