Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,१७ कात्तिक । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको मर्चवार क्षेत्रमा तीन दिने निःशुल्क मेगा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनको सहआयोजना कोटहीमाई गाउँपालिका-५ मझगाँवास्थित मर्चवार आदर्श बहुमुखी क्याम्पस परिसरमा कात्तिक १८ गतेदेखि २० गतेसम्म संचालन हुने उक्त शिविरमार्फत करिब २ हजार सर्वसाधरणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। मंगलबार क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गंगाधर भण्डारीले स्वास्थ्य शिविर सञ्चालन गर्नु मात्र नभई ग्रामीण तथा आर्थिक रुपमा कमजोर समुदायका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनु अभियानको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार, शिविरमा…

Read More

भैरहवा, १७ कात्तिक। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाको कार्यालयले पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका मिठाई व्यवसायीलाई बिक्रीका लागि राखिएका मिठाईको विवरण अनिवार्य रुपमा देखिने गरी राख्न निर्देशन दिएको छ। गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै मिठाईको गुणस्तर, स्वच्छता तथा उपभोक्ताको हित संरक्षणका लागि बिक्री काउन्टर वा मिठाई राख्ने सोकेसमा आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख गर्न निर्देशन दिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको पत्रअनुसार गाउँपालिकाले मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री तथा मिश्रण, प्रयोग गरिएको तेल/घिउको प्रकार र नाम, उपभोग गर्नुपर्ने मिति र प्रतिकिलो मूल्य अनिवार्य रुपमा राख्न निर्देशन दिएको छ। गाउँपालिकाले खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्नु सम्बन्धित व्यवसायीको…

Read More

दाङ,१७ कात्तिक। लुम्बिनी प्रदेश सरकारले दृष्टिविहिनता तथा दृष्टिदोषको समस्या न्यूनीकरण गर्न आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै लगानी र उपचारको पहुँच विस्तार गर्ने भएको छ। मंगलबार लमहीमा नेपाल नेत्रज्योति संघले आयोजना गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सबै नागरिकलाई सहज रुपमा आँखा उपचार सेवा उपलब्ध गराउन प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। उनले संघले तयार पारेको पाँच वर्षे रणनीतिक योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाए। संघले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार, लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना व्यक्ति दृष्टिविहीनताबाट प्रभावित छन्। त्यस्तै, दृश्य तीक्ष्णता का आधारमा ६र१२ भन्दा कम दृष्टि भएका व्यक्तिको…

Read More

लुम्बिनी,१७ कात्तिक। सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच छलफल भएको छ। लुम्बिनीमा सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको दशौँ डीआईजीस्तरीय समन्वयात्मक बैठकमा सीमा सुरक्षा, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण र सीमा अपराध न्यूनीकरणका विषयमा छलफल भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी दीपक अधिकारी र भारतीय सशस्त्र सीमा बल, सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका डीआईजी बी. विक्रमनले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए। बैठकमा मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, लागूऔषध ओसारपसार, तेस्रो मुलुकका नागरिकको गैरकानुनी प्रवेश…

Read More

भैरहवा,१७ कात्तिक। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा महिलाको हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ परेका सबै आरोपी कोटहीमाई गाउँपालिका–६ का हुन् । गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धान खेतमा कोटहीमाई गाउँपालिका–५, छोटकी मझगाँवाको ४१ वर्षीया जोबेदा खातुन धोबीको शव बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एंव प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार, महिलाको टाउकोमा…

Read More

दाङ,१७ कात्तिक। दाङ प्रहरीले विभिन्न सामुदायिक वन तथा झाडीमा लुकाएर राखिएको १४ नाल भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले १३ नाल साबुत र १ नाल बेसाबुत गरी १४ नाल भरुवा बन्दुक बरामद गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङले जनाएको छ। प्रहरीका अनुसार, बरामद गरिएका बन्दुकहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं,१६ कात्तिक। नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालन हुँदै आएका खाना पकाउने एलपी ग्यास उद्योगलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। ग्यासको बिक्री वितरणलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले निगमले उद्योगहरुबीच एकीकरणको पहल थालेको हो। निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार ग्यास वितरण प्रणालीमा सुधार ल्याउन उद्योगहरुलाई आपसमा गाभ्ने नीति अघि सारिएको हो। यसका लागि निगमले देशभर सञ्चालनमा रहेका सम्बन्धित ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणको कार्ययोजना तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। निगमको यो कदम कार्यान्वयनमा आए विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरु एकीकृत हुनेछन्। यसबाट ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापन थप व्यवस्थित हुने…

Read More

भैरहवा,१६ कात्तिक। रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ स्थित कटफोरवा नालानजिक धान खेतमा बरामद महिलाको शवको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको छ। घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै लुम्बिनी प्रदेशसभा सदस्य वसीउद्दीन खाँसहित कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तव र मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको समेत ध्यानाकर्षण गराएका हुन्। गत कात्तिक १२ गते बिहीबार कोटहीमाई गाउँपालिका वडा नं. ४ र ७ को बीचमा पर्ने कटफोरवा नालाको छेउस्थित…

Read More

भैरहवा, १६ कात्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चाडपर्वका बेला प्लास्टिकजन्य कृत्रिम फूल तथा माला प्रयोग नगर्न नगरबासीलाई अपील गरेको छ। नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा जारी अपीलमा चाडपर्वका अवसरमा घर, कार्यालय तथा पूजाआजामा प्रयोग गरिने प्लास्टिकका फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । त्यसैले यस्ता सामग्रीको प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले स्वच्छ, हरित तथा वातावरणमैत्री नगर निर्माण अभियानमा सहयोग पुर्‍याउन स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका प्राकृतिक फूल र माला प्रयोग गर्न सबै नगरबासीलाई आग्रह गरेको छ । प्राकृतिक फूल तथा मालाको प्रयोगले वातावरण संरक्षणमा योगदान…

Read More

भैरहवा, १६ कात्तिक। सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो १५ दिनका लागि छनोट भएका विजेताको कुप्पन सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा क्रिकेट खेलाडीहरुले चिट्ठामार्फतविजेता घोषणा गरेका हुन्। कार्यक्रमअन्तर्गत जम्मा ४५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन्। यस्तै प्रत्येक दिन एक जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रुपमा बिल लिने बानीको विकास गराउने र कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले यस्तो प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी हुन उपहार जितेका…

Read More