


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, १७ साउन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री–वितरण भइरहेका एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत बिक्री भइरहेका विभिन्न ब्रान्डका मसाज तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका उत्पादनको गुणस्तर, मौलिकता तथा उपभोगका लागि उपयुक्त भए–नभएको विषयमा परीक्षण भइरहेको विभागले जनाएको छ। विभागका महानिर्देशक मोतिराम सापकोटाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै नक्कली तथा शंकास्पद उत्पादनको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको बताए। उनका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। विभागले बजारमा शंकास्पद…
काठमाडौं,१७ साउन। थाइल्याण्डबाट लागुऔषध गाँजा लिएर नेपाल पुगेका तीन जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पञ्जाबको लुधियानाका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा भारतको हरियाणाको करनालका २२ वर्षीय साहिल रहेका छन्। थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। क्याथे प्यासिफिक एयरवेज मार्फत नेपाल आएका दुई भारतीय नागरिकलाई झोलाभित्र लुकाएर ल्याएको एघार किलो गाँजासहित पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जनाए। साथै, उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ…
काठमाडौं,१७ साउन। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले आइतबार मध्यरात देखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रति किलोलिटर २० रुपैयाँ बढाएको हो। नयाँ मूल्यसूची अनुसार, रुपन्देही क्षेत्रमा पेट्रोल,डिजेल,मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको आयल निगमले जनाएको छ।
मर्चवार । रुपन्देहीका दुई सामाजिक संस्थाले संयुक्त रुपमा मर्चवारमा वृक्षारोपण गरेका छन् । मर्चवार प्रेस क्लब रुपन्देही र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा कोटहीमाई गाउँपालिका–५ स्थित दुईमुहान पुल नजिक फलफूल तथा विभिन्न प्रजातिका ५१ वटा बिरुवा रोपिएको हो । मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताका अनुसार, आवाजविहीनको आवाज बन्ने जिम्मेवारीसँगै वातावरण संरक्षणमा पनि योगदान पु¥याउने उद्देश्यले साउन १५ गते आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण प्रसाद कोइरालाले स्वच्छ वातावरण निर्माण, हरियाली प्रवद्र्धन तथा चराचुरुङ्गीका लागि खाद्य स्रोत वृद्धि गर्ने उद्देश्यले क्लबले साउन महिनाभर विभिन्न स्थानमा वृक्षारोपण अभियान चलाएको…
भैरहवा,१५ साउन। रुपन्देही प्रहरीले भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर सोहरतगढका २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्रका २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्।सिद्धार्थनगर नगरपालिका–१२ स्थित भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ परेकाहरुको साथबाट पाँच सय दर १४० थान (७० हजार) भारतीय नक्कली नोट, सक्कली भारतीय मुद्रा २ हजार ७५८, नेपाली २ हजार १८० रुपैयाँ र दुई थान मोबाइल बरामद भएको छ ।…
दाङ,१५ साउन। लुम्बिनी प्रदेश सरकारले सम्झौतामा तोकिएको समयभन्दा अघि नै सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ। शुक्रवार भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा विभिन्न जिल्लामा समयभन्दा अघि नै निर्माण सक्ने निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सम्मान गरेको हो । जय बागेश्वरी–बर्दिया व्ल्याक–बक खुमचन्द्र जे.भी.का सन्तोष केसी, एसियाटिक–लुम्बिनी जे.भी. बुटवलका नरप्रसाद शेरचन, वागेश्वरी–ओमकार–ओम जे.भी. रुपन्देहीका विजय लोध, श्रीराम सैनामैना जेभि सैनामैनाका रामप्रसाद पाण्डे, आँसु निर्माण सेवा विजुवार प्युठानका बालाजु श्रेष्ठलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै शारदा निर्माण सेवा प्राली तुलसीपुरका जय बहादुर खत्री, राजविर निर्माण सेवा प्राली रोल्पाका…
दाङ,१५ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताए। राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए। ‘गरेका काम गुणस्तरीय किन हुन सकिरहेका छैनन्, त्यसको कारण खोजौं । अहिले गरेका कालोपत्रे सडक एक वर्षमै किन भत्किरहेका छन् ? स्टिमेटमा…
काठमाडौं,१५ साउन । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कम्प्युटर इन्जिनियर राकेश कुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा दासविरुद्ध आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, दासले पेश गरेका शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनले भारतबाट प्राप्त गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर पदमा नियुक्ति लिएको खुलेको आयोगको दाबी छ। अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी दासले ओहोदा,लाभ र सुविधासमेत…
काठमाडौं,१५ साउन। नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार बेलुका ललितपुर महानगरपालिका–२३ धापाखेलबाट उनलाई पक्राउ गरेको हो । स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धानका लागि भण्डारीलाई पक्राउ सीआईबीका प्रवक्ता अनुपशमशेर जबराले बताए। स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्याएको उनीमाथि आरोप छ ।
भैरहवा,१५ साउन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट भीओआईपी कल बाइपासको उपकरणसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्ला चुमनुव्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङ रहेको प्रहरीले जनाएको छ। लामो समयको निगरानी पश्चात पक्राउ परेका गुरुङले बेलहियास्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेण्टमा भाडामा लिएर बसेको कोठाको खानतलासी गर्दा कल बाइपास गर्न प्रयोग गरिएका विभिन्न उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दले बताए । उनका अनुसार, पक्राउ परेका आरोपीको साथबाट सिमकार्ड जडान भएको डिभाइस २ थान, राउटर २ थान, भारतीय सिम कार्ड ५६ थान, एनसेल सिमकार्डको खोल ३८ थान,…