


भैरहवा, २ भदौ ।भारतबाट भन्सार छलेर भित्राईएको मटर र चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा भन्सार कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भैरहवाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका-४ बुद्ध कोलोनी स्थित गोदाममा लुकाएर राखिएको अवस्थामा चिनी र मटर बरामद गरेको हो ।उक्त सामग्री भण्डारण गरेर राखिएको थियो ।
विशेषा सूचना आधारमा लुकाएर राखिएको स्थानमा पुग्दा भन्सार छलेर ल्याई भण्डारण गरिएको अवस्थामा ९२ बोरा (२७६० केजी) मटर र ७५ बोरा (३७५० केजी) चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी एंव सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

पाँच लाख ७६ हजार मूल्यबराबरको उक्त सामग्री नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाईएको उनले बताए । रुपन्देही प्रहरीले जिल्लामा शान्ति सु-व्यवस्था कायम गर्न देखि लिएर तस्करी विरुद्ध पनि आक्रमक रुपमा उत्रिएको छ ।

