
काठमाडौं, ३ भदौ । भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसगँको भेटमा उनलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्।
दुवैजनाबीच सोमबार दिल्लीको हैदरावाद हाउसमा शिष्टाचार भेटवार्ता भएको थियो । उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री देउवाले प्रधानमन्त्री केपी ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताइएको छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण गराएर त्यसपछि आफू भारत जाने तयारी गरेका छन्।
Advertisement

Advertisement
Advertisement

प्रधानमन्त्री ओली बिमस्टेकको बैठकमा सहभागी हुन् बैंकक जाने बेला समेत भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय छलफल गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमण आएको बेलापनि उनी मार्फत मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए। भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा देउवा पाँच दिने भ्रमणमा आइतबार नयाँ दिल्ली गएकी हुन्। उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

