


तनहुँ, ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारा नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
शुक्रवार पोखराबाट काठमाण्डौँतर्फ जादै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो । चालक दलबाहेक बसमा सवार सबै भारतको महाराष्ट्र प्रदेशका हुन् । उनीहरु नेपाल भ्रमणका लागि बसको आठ दिनको भन्सार गराएर भदौ ४ गते भैरहवा नाका हुदै मुलुकमा प्रवेश गरेका थिए । बसमा ४३ जना सवार थिए ।

४३ जनामध्ये २७ जनाको मृत्यु भएको र १६ जना गम्भिर घाइतेहरुको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौँ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिए ।
नेपालस्थित भारतीय दूतावासले शुक्रवार सामाजिक संजाल फेसबुकमा घटनाबारे जानकारी दिदैँ राहत र उद्धार लागि समन्वय भईरहेको जनाएको छ । साथै, घटनासँग सम्बन्धित सरोकारवालाहरुले दूतावासको आपतकालीन सहायता (राहत) सम्पर्क नम्बर +९७७-९८५११०७०२१ जारी गर्दै सम्पर्क गर्ने सकिने जनाएको छ ।
हेर्नुहोस् मृतकहरुको नामवली:
१. वर्ष ४५ का सुहास प्रभाकर राणे
२. वर्ष ४२ की सरला सुवास राणे
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे
४. वर्ष ६२ का तुक्सीराम तायडे
५. वर्ष ४५ की मंगला विलास राणे
६. वर्ष ६० का सुधाकर वकीराम जावके
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके
१०. वर्ष ५० को संदिप राजाराम सरोदे
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे
२२. वर्ष ६२ की सुल्क वारमे
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी
उपचारत घाइतेहरुको नामवली:
१. ६० वर्षीय सुनील झाण्डे
२. ४५ वर्षीया भारती पटेल
३. ३२ वर्षीय अविनाश पटेल
४. ४५ वर्षीया रेखा कोटी
५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
६. ५८ वर्षीय आनन्द इक्ले
७. ६० वर्षीया आशा पाण्डुरा पटेल
८. ६० वर्षीया शारदा पटेल
९. ५५ वर्षीय प्रवीण पटेल
१०. ५६ वर्षीय हेमराज सरौती
११. ५८ वर्षीया आशा बोन्डे
१२. ४३ वर्षीया रूपाली सरौदी
१३. ५६ वर्षीय हेमराज सरोद
१४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
१५. ६७ वर्षीया कुमोदिनी झाप्रे
१६. ४२ वर्षीय नेलिमा घेरोङ

