
पाल्पा, ८ भदौ । पाल्पा-बुटवल सडकखण्ड अन्र्तगत पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी संचालनमा आएको छ । शनिवार दिउँसो ठूला ढुंंगासहितको सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जसकारण सवारी साधन आवगमन रोकिन पुगेको थियो ।
प्रहरीका अनुसार पहिरो पन्छाएर सडक एकतर्फी खुलेको हो। सुरुङ मार्ग बनाइरहेको ठेकेदार कम्पनीले पहिरो पूर्ण रुपमा हटाउने काम गरिरहेको छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

