
महोत्तरी ९ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाअध्यक्ष मुकेशकुमार यादव मृत अवस्थामा फेला परेका छन् ।
जलेश्वर-बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित आइतबार बिहान उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं सन्तुलाल जयसवारले जानकारी दिए । लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा छ ।
Advertisement

Advertisement
Advertisement

‘मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ’, उनले भने, ‘तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान भइरहेको छ ।’
कमेन्ट गर्नुस्

