


रौतहट, १० भदौ । चन्द्रनिगाहपुर-निजगढ सडकखण्डमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्युको भएको छ ।
निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका–४ लच्कामा ठोक्किदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मोटरसाईकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ निवासी विवश सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिए । टाटा सुमो नियन्त्रणमा रहेको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

