


काठमाडौं, ११ भदौ । प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी बर्दघाट नगरपालिका-४ का२७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका-३ का ४१ वर्षीय सन्तोष कुमार कुँवर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीलाई पक्राउ गरेको हो । उनीहरुबाट ८१ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका प्रशान्तबाट सन्तोषले सुन लैजाने क्रममा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।आवश्यक अनुसन्धान एवं कारबाहीको लागि उनीहरुलाई प्रहरी वृत्त गौशाला पठाइएको छ।

