


काठमाडौं, १२ भदौ । नेपालले साफ यु-२० च्याम्पियनसिपको उपाधी चुम्नबाट चुकेको छ । बुधबार एन्फा कम्पलेक्समा भएको फाइनल फुटबल खेलमा नेपाल बंगलादेशसँग ४-१ गोलले पराजित भएसँगै उपाधी चुम्नबाट चुकेको हो ।
दुई पटकको उपाधी चुमिसकेको नेपाललाई पराजित गर्दै बंगलादेशले पहिलोपटक उपाधी चुम्न सफल भएको हो । फाइनल खेलको पहिलो हाफमै मिराजुलको गोलबाट बंगलादेशले अग्रता लिएको थियो।

खेलको ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्दै अग्रता पनि डबल बनाएका थिए। ७१औं मिनेटमा बंगलादेशका लागि रवि हुसेनले गोल थपे भने इन्जुरी टाइममा बंगलादेशले थप एक गोल गरेको थियो। नेपालका लागि समिर तामाङले ८१औं मिनेटमा सान्त्वना गोल गरे।

