
भैरहवा, १३ भदौ । अण्डाको मूल्य फेरी बढेको छ । शुक्रबारदेखि लागु हुने गरी नेपाल लेयर्स कुखुरापालक संघको बिहिवार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो ।
संघका अनुसार मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।
Advertisement

Advertisement
Advertisement

यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट ९३० वटाको० ५ सय ५ तय गरेको थियो ।यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो ।

